पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

तामसालिङ खबर
१८ पुष २०७६, शुक्रबार १०:३५

पुस १७ हेटौडा – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

भारतबाट मूल्य बढेर आएकाले स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।

हवाई ईन्धन र एलपी ग्यासको मूल्य हालकै यथावत राखिएको निगमले जनाएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*