रिक लामाको ‘एदा म्हाङरी’ रिलिज (भिडियो)

तामसालिङ खबर
१८ पुष २०७६, शुक्रबार १०:१०

पुस १८, हेटौडा – रिक लामाको तामाङ आधुनिक गीत “एदा म्हाङरी” बोलको म्युजिक भिडियो रिलिज भएको छ । गीतमा चर्चित गायिका जितु लोप्चन र निरोज लामाको आवाजमा रहेको छ । ‘तामाङ आधुनिक सांगीतिक क्षेत्रमा नयाँ प्रेम गीत लिएर आएको र दर्शकले मन पराउनेमा विश्वस्त छु ।’ गायिका लोप्चनले बताइन ।

पछिल्लो समयमा ब्यस्त रहेको मोडेल निरान्जली लामा र रिक लामाको फिचरिङ रहेको भिडियोको गीत सञ्चारकर्मी एंव गीतकार विवेक लोप्चनले लेखेका हुन् ।

त्यस्तै, गायक एंव संगीतकार निरोज लामाले संगीत र एरेन्ज सो गीतमा बासु न्यौपानेले छायांकन र ड्रोन उडाएको छ । दिपक तामाङले सम्पादन तथा निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई बुद्ध लामाले समेत निर्देशनमा साथ दिएको छ ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*