नक्कली लाइसेन्स सहित ६ जना पक्राउ

तामसालिङ खबर
१७ पुष २०७६, बिहीबार १५:५७

पुस १७, काठमाडौं – नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह पक्राउ परेको छ । महानगरीय अपराध महाशाखाकाले दुई छुट्टाछुट्टै स्थानबाट नकल्ली लाइसेन्स र लाइसेन्स बनाउने मिसिन सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको ग्वार्खोबाट २ जना र न्यूरोडबाट ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले ललितपुरको ग्वार्खोमा एक जना सवारी चालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो स्मार्ट लाइसेन्स नक्कली भएको प्रमाणित भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, नक्कली स्मार्ट कार्ड प्रिन्ट न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका भएको पाएपछि ४ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*