नदी पहाड र मन्दिरकै नाममा प्रदेश बनाउने भए किन संघीयता भन्नुपर्यो ?

तामसालिङ खबर
१७ पुष २०७६, बिहीबार १५:३३

पुस १७, काठमाडौं – नेकपाले प्रदेश नं ३ को नाम बाग्मती प्रदेश राख्ने निर्णय गरेपछि पहिचानसहितको संघीयता पक्षधर आदिवासी जनजातिहरुले विरोध गरिरहेका छन् । स्वयम् नेकपाकै कतिपय सांसदहरुले प्रदेशसभाको क्षेत्राधिकार मिचेर अलोकतान्त्रिक ढंगले पार्टीले निर्णय गरेको भन्दै विरोध गरेका छन् ।

त्यस्तै, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नदीको नाममा प्रदेश नामाकरण गर्ने दिशामा हिडेको नेकपाप्रति कडा व्यंग्य हानेका छन् । उनले पञ्चायतकालकै जस्तो नदी, पहाड र मन्दिरको पहिचानको आधारमा प्रदेश बनाउने भए संघीयता किन भन्नुपर्यो भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘उही पञ्चायतकालकै नदी, पहाड र मन्दिरको पहिचानको आधारमा प्रदेश बनाउने भए संघीयता किन भन्नुपर्यो ? स्टालिनकालमा झै पार्टीका केन्द्रीय मुखियाले सबै निर्णय गर्ने भए जनताको जनवाद वा २१ औं शताब्दीको जनवाद किन भन्नुपर्यो ? अलिकति विवेक र स्वाभिमान बाँकी छ भने नेकपाका कणहरुले मम भनून् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*