मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक बढ्यो
पुस १६, क्वालालम्पुर – मलेसियामा रहेका नेपाली कामदारको न्युनतम पारिश्रमिक वृद्धि भएको छ । नेपाली राजदूतावासका अनुसार जनवरी १ (बुधबार) बाट नेपाली सहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक १ हजार २ सय रिंगेट पुगेको छ ।
गत आइतबारको सटही दर अनुसार ३३ हजार ४ सय ३२ रुपैयाँ हो। यसअघि स्थानीय मुद्राअनुसार प्रत्येक कामदारले मासिक न्युनतम एक हजार एक सय सिंगेट पाउँदै आएका थिए ।
मलेसियामा वर्षेनी ४ लाख ५० हजारको हाराहारीमा नेपाली युवा जाने गरेका छन् । बढाइएको तलब सबैलाई लागू हुने दूतावासले जनाएको छ । आजको कारोबार दैनिकमा छ ।