नेपाल एसियान आप्रवासी फूटबल प्रतियोगिताको समूह ‘ए’मा

तामसालिङ खबर
१६ पुष २०७६, बुधबार ०७:१४

पुस १६, काठमाडौं – बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका विभिन्न एसियाली राष्ट्रका आप्रवासीहरु बीच हुने एसियन आप्रवासी फुटबल प्रतियोगिता यही जनवरी ९ तारीख (पौष २४ गते) देखि शुरु हुने भएको छ । प्रतियोगितामा १२ देशका सहभागीहरुलाई दुई समूहमा विभाजन गरिएको    छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाली फुटबल टिम परेको छ । जहाँ नेपालले इण्डोनेसिया, भारत, दक्षिण कोरिया, फिलिपिन्स र बंगलादेश सँग खेल्नेछ । त्यस्तै समूह ‘बी’मा जापान, प्यालेस्टाइन, लेबनान, श्रीलंका, मलेसिया र जोर्डन रहेका छ । अल अरबी क्लबको प्रशिक्षण मैदानमा मा हुने प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल १६ जनवरीका दिन बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै, दोस्रो खेल ६ फेब्रुअरीका दिन भारतसँग खेल्नेछ भने १३ फेब्रुअरीका दिन फिलिपिन्स सँग खेल्नेछ । त्यसैगरी २० फेब्रूअरीका दिन दक्षिण कोरियासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल २८ फेब्रुअरीका दिन इण्डोनेसिया सँग खेल्नेछ ।

कतार फुटबल एसोसिएशनको समेत विशेष सहयोग र संलग्नता रहने प्रतियोगितामा यसपटक नेपाल भ्रमण २०२० को प्रचार प्रसार गरिने योजना र कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*