प्रदेश ३ को नामाकरणको निर्णयप्रति तामाङ घेदुङको गम्भीर ध्यानाकर्षण (बिज्ञप्ती)

तामसालिङ खबर
१४ पुष २०७६, सोमबार ११:२०

पुस १४, हेटौडा – तिन नम्बर प्रदेशको नाम बाग्मती राख्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णय प्रति नेपाल तामाङ घेदुङले गम्भीर आपत्ति जनाएको छ । आइतबार घेदुङका संघिय अध्यक्ष मोहन गोलेले बिज्ञप्ती जारि गर्दै संघीयताको अभ्यास बिपरित को निर्णय भएकाले अविलम्ब फिर्ता लिन आग्रह गरेको छ ।

बिज्ञप्तीमा निर्णय फिर्ता नलिए उत्पन्न हुने परिणामको जिम्मेवार नेकपा नै हुने समेत चेतावनी दिइएको छ । नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको केन्द्रिय बैठकले प्रदेश नं. ३ को नाम बागमती र स्थायी राजधानी हेटौडा राख्ने निर्णय गरेको थियो ।

बिज्ञप्ती हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*