तीन महिनामै टेलिकमको फोरजी सेवामा २८ लाख ग्राहक आबद्ध

तामसालिङ खबर
१४ पुष २०७६, सोमबार ११:०१

पुस १४, काठमाण्डौ – असोजको दोस्रो साता एकैपटक ३६ जिल्लाका ५० शहरमा फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले करीब ३ महिनाको अवधिमा आफ्नो फोरजी सेवा अन्तर्गत २८ लाख ग्राहक आबद्ध भएको बताएको छ । मंगलबार सम्मको तथ्याङ्क अनुसार टेलिकमको कुल फोरजी ग्राहक ३६ लाख पुगेको छ । असोजको दोस्रो सातासम्म यो सङ्ख्या मात्र ८ लाख थियो ।

पछिल्लो समय फोरजी ग्राहकको सङ्ख्या ह्वात्तै बढ्नुमा टेलिकमले यो सेवा मुलुकभर पुर्याएपछि यसअघि थ्रीजी सेवा लिइरहेका ग्राहकहरु फोरजीमा स्तरोन्नति हुनु प्रमुख कारण हो । नेपालमै पहिलो पटक २०७३ पुस १७ गते फोरजी सेवा शुरु गरेको टेलिकमको यो सेवा असोजको दोस्रो सातासम्म राजधानी काठमाडौँ र पोखरामा मात्र सिमित थियो ।

टेलिकमका अनुसार असोजयता फोरजीमा आबद्ध भएकामध्ये ७ लाख ग्राहकले नयाँ फोरजी सिम लिएका हुन् । टेलिकमले हाल ६२ जिल्लाका मुख्य शहर र नगरपालिकाका एक हजार ५४ भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिसकेको छ ।आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*