नामाकरण र राजधानीको निर्णयप्रति प्रदेश ३ का संसदहरुको चर्को बिरोध

तामसालिङ खबर
१४ पुष २०७६, सोमबार १०:०२

पुस १४, काठमाडौँ – हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको निर्णयप्रति सोही पार्टीका सांसदहरुले विरोध जनाएका  छन् । निर्णयले संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाउँदै उनीहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । उनीहरुले यसलाई विधि र प्रक्रिया मिचेर गरिएको निर्णयको संज्ञा दिएका छन् ।

संघीयतालाई व्यावहारिक अनुभूत हुने गरी प्रदेश नम्बर ३ को पहिचना र संस्कृतिका आधारमा नामाकरण गर्नुपर्नेमा पञ्चायतकालमा राखिएको बागमती अञ्चलको नामबाटै प्रदेशको नाम राख्नु संघीयताको मर्मतविपरित रहेको प्रदेश सांसदहरुको धारणा छ । काभ्रेलाई प्रदेश राजधानी प्रस्ताव गर्नेमध्ये प्रस्तावक चन्द्र लामाले सचिवालयको निर्णयले संसदको सर्वोच्चतामाथि प्रशन उठेको बताए ।

त्यस्तै, प्रदेश नम्बर ३ का कानुन तथा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश ३ को नाम नेवाः–ताम्सालिङ–बागमती राख्नुपर्नेमा नभएको बताउँदै भने, ‘संघीयता खोलाले हैन जनताले मागेको हो । बागमती मात्र राख्दा संघीयताको मर्मअनुकूल भएन ।’ आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*