प्रदेश ३ को नामाकरणमा पार्टीले संबिधानको बर्खिलाप गर्न नहुने – संसद ग्लान

तामसालिङ खबर
१४ पुष २०७६, सोमबार ०७:५९

पुस १४, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले प्रदेश ३ को नामाकरण बागमती राख्ने निर्णयले संबिधानको बर्खिलाप गर्न नहुने प्रदेश संसद ओमबहादुर ग्लानले बताएका छन् ।

ताम्सालिङ खबरसंग बोल्दै, संसद ग्लानले २०७६ जेष्ठ ९ गते सभामुख समक्ष नौ आधार र कारण सहित हामीले प्रस्ताब पेश गरेको सन्दर्भलाई पुरै बेवास्ता गरेर नेवा:तामसालिङ सम्बन्धि प्रकाशित सामग्रीलाइ समेत विभिन्न बहानाबाजीमा अघोषित बन्देज गरेर नामाकरणको प्रस्ताबलाइ प्रभावित पार्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ ।

प्रदेश राजधानीको विषयमा उपसमिति बनाएर धेरै गृहकार्य गर्न सक्ने संसद सचिवालयले नामाकरणको ऐतिहासिक महत्व बोकेको विषयमा एक चोटी पनि छलफल गरेर निर्णय लिन नसक्नु दुःखद कुरा भएको भन्दै संसद ग्लानले अब के हामीले पार्टीको ह्वीप मान्नु पर्ने ? यो शोभनीय कुरा होइन, उनले भने ।

त्यसैले, संबिधानले व्यवस्था गरेका सबै कुरालाई लत्याएर गरिएको निर्णयको ह्विपले गलत नजिर बस्ने भएकोले निर्णय सच्याउन अनुरोध गरेको छ । निर्णय गर्दा हेक्का रहनु पर्दछ, कि गलत निर्णयले परिणाम गलत नै हुन्छ उनले भने, ।

गत जेठ ९ गते प्रदेशको नाम नेवा:ताम्सालिङ राख्न संसद ओमबहादुर घलान र प्रतिमा श्रेष्ठले प्रस्तावकको रुपमा संसद रत्न प्रसाद ढकाल, प्रेम बहादुर तामाङ र सीता अधिकारीले समर्थकको रुपमा प्रदेश संसद सचिबालयमा दर्ता गरेका थिए ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले ३ नम्बर प्रदेशको नाम बागमती र राजधानी हेटौँडा राख्न आन्तरिक निर्देशन दिने निर्णय गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*