नेकपा सचिबालय बैठकको निर्णय, प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा

तामसालिङ खबर
१३ पुष २०७६, आईतवार १५:२५

पुस १३, हेटौडा – प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने निर्णय भएको छ । नेकपाको पार्टी कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने बिषयमा प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रदेशको नाम र राजधानीमा नेकपा कै सांसदहरू बीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन पनि सकिरहेको थिएन । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहदाँ पनि टुङ्गो नलाग्दा आइतबार नेकपाको सचिवालयले टुङ्गाइदिएको छ ।

यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा:ताम्सालिङ, बाग्मती र राजधानी काभ्रेको बनेपा, भक्तपुर र हेटौंडा मध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा नमिलेको अवस्थामा अन्तत हेटौंडा र बाग्मतीको निर्णयमा पुगेको छ । नेपाली कांग्रेसको सरकार रहँदा प्रदेश ३ को मुकामको रुपमा हेटौंडालाई तोकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*