गायक योञ्जनको ‘लफाङगी’ भिडियो ११ लाख भ्युज (भिडियो)

तामसालिङ खबर
१३ पुष २०७६, आईतवार ०९:३५

पुस १३, हेटौडा – पछिल्लो समयमा रिलिज भएको गायक तथा संगीतकार हरि योञ्जनको नया गीत ‘लफंगी’ को म्युजिक भिडियोले युट्युबमा ११ लाख भन्दा बढी दर्शकको साथ पाएको छ । समसमायिक बिषय बस्तु र देशप्रेमका शब्दहरु समेटिएको सार्वजनिक म्युजिक भिडियोको एक महिना नहुदै ११ लाख २४ हजार ६ सय छैसठी भ्युज पाएको छ ।

गायक योञ्जनको शब्द संगीतमा तयार भएको ब्याटल शैलीमा गाइएको गीतमा गायिका प्रिती आलेले साथ दिएकी छिन । गीतको लोकप्रियता छोटा समयमा नै उचाईमा पुगेका र देश विदेशबाट विभिन्न सकरात्मक प्रतिक्रियाहरु आइरहेको गायक योञ्जनको भनाई छ ।

यसअघि सिमरन, छुलागं गाँऊ, हेलो मञ्जरी जस्ता युवापुस्तामाझ चर्चित गीतहरु गाइसकेको योञ्जनको छोटो समयमा चर्चित भएको पहिलो गीत हो । ‘लफंगी’ को भिडियो चितवनको नारायणी किनार लगायत आसपासको क्षेत्रमा खिचिएको हो । भिडियालाई शिवराम श्रेष्ठले खिचेका हुन भने समन अधिकारीले निर्देशन गरेका हुन ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*