यती समूहलाई नियोजित प्रहार गरेको भन्दै पर्यटन व्यवसायीको आपत्ति (प्रेस बिज्ञप्ती)

तामसालिङ खबर
११ पुष २०७६, शुक्रबार ०७:४३

पुस ११, काठमाडौं – यती समूह माथि सञ्चार माध्यमले नियोजित रुपमा प्रहार गरेको भन्दै पर्यटनसँग सम्बन्धित संघसंस्थाले आपत्ति जनाएका छन् । बुधबार नेपाल पर्वतारोहण संघले विज्ञप्तीमार्फत आपत्ति जनाए भने बिहीबार सगरमाथा आरोही संघ र नेपाल एसोसिएसन अफ टूर एण्ड ट्रावल एजेन्ट्सले विज्ञप्ती प्रकाशित गरी आपत्ती जनाएको हो । विज्ञप्ती जारी गर्दै यती समूहप्रति सञ्चार माध्यममा आइरहेको गलत समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

यी संस्थाहरुले समग्र पर्यटन र पर्वतीय पर्यटनको प्रवद्र्धन र विकासमा योगदान पुर्याएको व्यावसायिक प्रतिष्ठान यती व्यवसायी समूहमाथि नियोजित रूपमा आइरहेको समाचारप्रति आपत्ती जनाएको हो । ‘नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वव्यापी बनाउन मुख्य योगदान दिने यती समूहको भगिनी संस्था थामसेर्कु ट्रेकिङ र यती समूहका अन्य संस्थाको भूमिका अगुवा रहेको संघका अध्यक्ष सन्तवीर लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पाले भने ‘सयौं पर्वतारोहण पथ प्रदर्शक, सहयोगी मजदुरहरूलाई रोजगार दिनेदेखि दर्जनौं हिमालको प्रबर्धनमा यती समूहको हात रहेको र राज्यलाई सहयोग पुर्याउदै आएपनि सञ्चार माध्यमले नकारात्मक पक्षलाई बढी उठाएको विज्ञप्तीमा उल्लेख गर्दै आपत्ती जनाएको छ ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुन लाग्दा एउटा अब्बल पर्यटन व्यवसायीमाथि नियतबस बद्नाम गराउने कुचेष्ठा भइरहेकोप्रति संघसंस्थाले आपत्ति जनाएको छ । सत्यतथ्यमाथि कमल चलाएर पाठकलाई सत्यतथ्य समाचार दिनुपर्ने समेत विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*