त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९० टन भन्दा माथिका जहाज उडान गर्न पाइने

तामसालिङ खबर
३ पुष २०७६, बिहीबार ०९:१५

पुस ३, काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन् । विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ ।

यो संगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको फोर–ई–सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन् ।तर विमानस्थलमा एकै समयमा फोर–ई–श्रेणीका विमान भने गुड्न पाउने छैनन् ।

संगठनका अनुसार त्रिभुवन विमानस्थलको पार्किङ र धावनमार्ग नजिकै भएकाले एक प्रकृतिका दुई विमान एकै समयमा धावनमार्गमा कुनै पनि मुभमेन्ट गर्न नपाउने व्यवस्था गरिएको हो ।समाचार आजको कारोबार दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*