चैतमा मिस नेवाः ११४० मकवानपुर हुने
पुस २, हेटौडा – हेटौंडामा पहिलो सस्करणको मिस नेवाः ११४० मकवानपुर हुने भएको छ । मंगलबार हेटौडामा पत्रकार सम्मेलन गर्दै चैत्रको ८ गते फाइनल प्रतियोगिता हुने बताएको छ । लुक्स फेसन एण्ड ईभेन्ट म्यानेजम्यान्ट प्रा.लिको आयोजनामा हुने प्रतियोगिताको कार्यक्रम व्यवस्थापक रविन्द्र बज्रचार्यले बताए ।
आफ्नो भाषा, भेषभुषा, रहनसहन, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मिस नेवाः मकवानपुरको आयोजना गर्न लागेको संयोजक विजय श्रेष्ठले बताए । प्रतियोगितामा सहभागिता भईसकेपछि ४५ दिन सम्मको तालिम गरि प्रतियोगिता ग्राण्ड फाइनल गरिने आयोजकले बताए ।
प्रतियोगितामा विजेताले नगद १ लाख, फष्ट रनरफले ७० हजार, सेकेन्ड रनरफले ४५ हजार नगद सहित विभिन्न ट्रफी, ताज प्राप्त गरिने संयोजक श्रेष्ठले बताए । प्रतियोगितामा सहभागिता जनाउन नेवार समुदायको हुनुपर्ने, एसइई दिइएको र अविवाहित हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन माघ महिनाको १६ गते सम्म फारम भरि बुझाइ सक्नुपर्ने संयोजक श्रेष्ठले बताए ।