एकता पूर्ण भएको सन्देश दिदै नेकपा मकवानपुरको जिम्मेवारी बाँडफाँड (नामावली सहित)

तामसालिङ खबर
१ पुष २०७६, मंगलवार १५:०५

पुस १, हेटौँडा – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मकवानपुरको तेस्रो बैठकले जिल्लाका नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणको पूर्णता दिन नेकपा मकवानपुरले भूगोल, विभाग र जनसंगठनको एकता र जिम्मेवारी बाँडफाँडको टुंगो लगाएको हो । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरि जिम्मेवारी बाँडफाँड गरेको जानकारी दिएको हो ।

तेस्रो बैठकले भूगोल कार्यक्षेत्रको आधारमा क्षेत्रीय समन्वय कमिटिको संयोजक र सचिव, स्थानीय तहको दशवटा नगर तथा गाउँपालिका कमिटिको इन्चार्ज र सह-इन्चार्ज, विभागीय कमिटिको प्रमुख र उप-प्रमुख, जनसंगठन कमिटिका इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको प्रचार तथा प्रकाशन बिभाग प्रमुख नबिन सिग्देलले बताउनु भयो ।

पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका सह-इन्चार्ज रामेश्वर रानाले संगठनलाई ब्यबस्थित गराउन पार्टीको बिधान अनुसार अघि बढ्दै समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा पुरा गर्न लागि परेको बताउनु भयो ।

त्यस्तै, नेकपा जिल्ला अध्यक्ष सिग्देलले अब छिट्टैनै स्थानीय तहको प्रशिक्षण गर्ने बताउनु हुदै, ‘घोषणा पत्रमा उल्लेख गरेका काम स्थानीय तहले काम गरेको छ छैन भनेर पुस महिना भित्रमा स्थानीय तहले गरेका कामको समिक्षा गर्ने तयारीमा रहेको बताउनु भयो ।’

पत्रकार सम्मेनमा नेकपा मकवानपुरका सचिब प्रेमबहादुर पुलामी, जिल्ला स्तरका विभीन्न संगठन विभागका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो । टुंगो लगाइएका मध्ये पार्टी स्कुल विभागको प्रमुख, निर्वाचन विभागको प्रमुख र नेपाल कानून व्यवसायी संगठनको इन्चार्ज चयन हुन बाँकी रहेको छ ।

नेकपा मकवानपुरको जिम्मेवारी बाँडफाँडको नामावली यसप्रकार छ –

क) भुगोल कार्यक्षेत्र – कार्यक्षेत्र समन्वय कमिटी : संयोजक,  सचिव
१, प्रतिनिधि सभा १ संयोजक – बलराम वल, सचिव – अनिल बानियाँ
२, प्रतिनिधि सभा १ को (क) संयोजक – कमल विष्ट, सचिव – ज्ञान सागर लामा
३, प्रतिनिधि सभा १ को (ख) संयोजक – गोपाल श्रेष्ठ, सचिव – वालकृष्ण चौंलागाई
४, प्रतिनिधि सभा २ संयोजक – एकलाल श्रेष्ठ, सचिव – प्रकाशचन्द्र पाण्डे
५, प्रतिनिधि सभा २ को (क) संयोजक – शंकरराज वानियाँ, सचिव – भगवती पुडासैनि
६, प्रतिनिधि सभा २ को (ख) संयोजक – लालबहादुर थापा, सचिव – नरेन्द्र रिजाल

ख) कार्यक्षेत्र पालिका कमिटी – इन्चार्ज, सह-इन्चार्ज
१. वाग्मती गाउपालिका, इन्चार्ज – अणराज जर्गा मगर, सह-इन्चार्ज – हस्तबहादुर थिङ, शर्मिला वि.क., खेम जर्गामगर
२. बकैया गाउपालिका, इन्चार्ज – लक्ष्मी पाख्रिन, सह-इन्चार्ज – कृष्ण चौंलागाई
३. मकवानपुर गढी गाउपालिका, इन्चार्ज – मानकुमारी नेपाली, सह-इन्चार्ज – तेजप्रसाद लम्साल
४. भिमफेदी गाउपालिका, इन्चार्ज – बद्रीलाल स्याङतान, सह-इन्चार्ज – पञ्चमाया स्याङतान
५. ईन्द्रसरोवर गाउपालिका, इन्चार्ज – रामचन्द्र वल, सह-इन्चार्ज – विनय गोले, देवकृष्ण पुडासैनी
६. थाहा नगरपालिका, इन्चार्ज – विष्णु ढकाल, सह-इन्चार्ज – लक्ष्मण विष्ट, राजु नापीत
७. कैलाश गाउपालिका, इन्चार्ज – वालकुमार मल्ल, सह-इन्चार्ज – बच्चु ढुंगाना
८. राक्सिराङ गाउपालिका, इन्चार्ज – बनस्तम थिङ, सह-इन्चार्ज – सुन्तली प्रजा
९. मनहरी गाउपालिका, इन्चार्ज – राजाराम स्याङतान, सह-इन्चार्ज – हिराबहादुर स्याङतान, गौतम लामा
१०. हेटौंडा उपमहानगरपालिका इन्चार्ज – श्रीधर पोख्रेल, सह-इन्चार्ज – विवेक राई

ग) विभागिय जिम्मेवारी – प्रमुख, उप–प्रमुख
१) संगठन विभाग, प्रमुख – बद्रीप्रसाद लम्साल, उप-प्रमुख – कमान सिं पाख्रिन
२) प्रचार तथा प्रकासन विभाग, प्रमुख – नविन सिग्देल, उप-प्रमुख – जनक पहरी
३) पार्टी स्कुल विभाग, प्रमुख (तोक्न बाँकी), उप-प्रमुख – ध्रुव चौंलागाई
४) शिक्षा तथा मानवस्रोत विभाग, प्रमुख – पद्मा पौडेल, उपप्रमुख – तारानाथ खतिवडा, चन्द्र भुषाल
५) उद्योथ वाणिज्य विभाग, प्रमुख – ईन्द्र नेपाल, उपप्रमुख – रुपेश वर्तौला
६) युवा तथा खेलकुद विभाग, प्रमुख – हिदम लामा, उपप्रमुख – चन्द्र घलान
७) श्रम तथा रोजगार विभाग, प्रमुख – वच्चु खड्का गोले, उपप्रमुख – श्याम श्रेष्ठ
८) जलश्रोत, सिचाई तथा उर्जा विभाग, प्रमुख – लोकनाथ गौतम, उपप्रमुख – जीवन लामा
९) पर्यटन प्रवर्धन तथा नागरीक उड्डयन विभाग, प्रमुख – फुर्वा दोर्जे लामा, उपप्रमुख – तारा सिंतान
१०) सहकारी तथा गरिवि निवारण विभाग, प्रमुख – विदुर हुमागाई, उप-प्रमुख – अप्सरा लोप्चन, मञ्जु थिंङ
११) अर्थ तथा योजना विभाग, प्रमुख – पर्शुराम गौतम, उप-प्रमुख – टंक मुक्तान
१२) वन तथा वातावरण विभाग, प्रमुख – जीवन गोले, उपप्रमुख – पार्वती राना
१३) भौतिक पुर्वाधार तथा यातायात व्यवस्था विभाग, प्रमुख – सरोज खनाल, उप-प्रमुख – मणी पाठक
१४) कृषि तथा भुमिसुधार विभाग, प्रमुख – जयबहादुर वाईवा, उप-प्रमुख – शंकर राई
१५) स्वास्थ्य तथा जनसंख्या विभाग, प्रमुख – प्रकाश पौडेल, उप-प्रमुख – गिता कार्की
१६) न्याय, कानुन तथा मानव अधिकार विभाग, प्रमुख – लक्ष्मी माझी, उप-प्रमुख – मिना रुपाखेती
१७) उपभोक्ता हित तथा आपुर्ति विभाग, प्रमुख – उत्तम शर्मा, उप-प्रमुख – चन्द्र योन्जन
१८) कोष तथा आर्थिक व्यवस्थापन विभाग, प्रमुख – विष्णु दाहाल, उप-प्रमुख जय बहादुर थिं
१९) शहरी विकास विभाग, प्रमुख – हरीबहादुर महत, उप-प्रमुख – पूर्णबहादुर वाईवा
२०) निर्वाचन विभाग, प्रमुख (तोक्न बाँकी) – उप-प्रमुख – आनन्द घलान
२१) साहित्य, कला तथा संस्कृति विभाग, प्रमुख – कमला वि.क., उप-प्रमुख – बुद्धरत्न मानन्धर
२२) समाज कल्याण विभाग, प्रमुख – सिता विष्ट, उप-प्रमुख – बसन्त गौतम
२३) स्थानिय तह विभाग, प्रमुख – मदन दहाल, उप-प्रमुख – ज्ञानकुमार थोकर
२४) खानेपानी तथा सरसफाई विभाग, प्रमुख – सन्तविर लो, उप-प्रमुख – जुना दहाल, प्रेम बहादुर डिमडुङ
२५) पुस्तकालय तथा अभिलेख विभाग, प्रमुख – तिलककुमार अधिकारी, उप-प्रमुख – ज्ञानेन्द्र लामीछाने
२६) राजकिय मामिला तथा सुशासन विभाग, प्रमुख – शेरबहादुर पहरी, उप-प्रमुख – राजन थापा

घ) जनसंगठन तर्फको जिम्मेवारी – इन्चार्ज, सह–इन्चार्ज
१. अखिल नेपाल किसान महासंघ, इन्चार्ज – भगीरथ नेपाल, सह–इन्चार्ज – के.वी. तामाङ, ठुलि गोले
२. अखिल नेपाल महिला संघ, इन्चार्ज – जुनेली श्रेष्ठ, सह-इन्चार्ज – श्रृजना थिङ
३. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, इन्चार्ज – मिना लामा, सह-इन्चार्ज – मिना अर्याल
४. अपांगता संगठन नेपाल, इन्चार्ज – कृष्ण सुवेदी, सह-इन्चार्ज – चन्द्रकान्ता श्रेष्ठ
५. आदिवासी जनजाति महासंघ नेपाल, इन्चार्ज – गोविन्द चेपाङ, सह-इन्चार्ज – लिलाकुमार घलान, दलबहादुर वाईवा, युसाई प्रजा
६. खेलकुद महासंघ नेपाल, इन्चार्ज – आरती पाठक, सह-इन्चार्ज – दन्दलाल माझी
७. जनसाँस्कृतिक महासंघ नेपाल, इन्चार्ज – श्यामसुन्दर थपलिया, सह-इन्चार्ज – वलराम फुँयाल
८. टेड युनियन महासंघ नेपाल, इन्चार्ज – मधुसुदन खतिवडा, सह-इन्चार्ज – रामशरण घिमीरे, अर्जुन ढुँगेल
९. नेपाल उद्योग व्यवसायी महासंघ, इन्चार्ज – सुमीत्रा काफ्ले, सह-इन्चार्ज – रिनेश श्रेष्ठ
१०. नेपाल कानुन व्यवसायी संगठन, इन्चार्ज – (तोक्न बाँकी), सह-इन्चार्ज – आत्माराम मुक्तान
११. नेपाल दलित मुक्ति संगठन, इन्चार्ज – चितबहादुर वि.क. (जंगबहादुर बि.क.), सह-इन्चार्ज – उमा सुनार
१२. नेपाल निर्माण व्यवसायी संगठन, इन्चार्ज – लवशेर विष्ट, सह-इन्चार्ज – लालकृष्ण प्याकुरेल
१३. नेपाल बुद्धिजीवी संगठन, इन्चार्ज – शार्दुल शर्मा, सह-इन्चार्ज – निबन्ध लामा
१४. नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठन, इन्चार्ज – गंगाप्रसाल भट्टराई, सह-इन्चार्ज – ईश्वर रुम्वा
१५. नेपाल भुमिहीन सुकुम्वासी संगठन, इन्चार्ज – कमलचन्द्र सुमन, सह-इन्चार्ज – गणेशकुमारी प्रधान
१६. नेपाल मुस्लिम संगठन, इन्चार्ज – विनोद रिजाल, सह-इन्चार्ज – मिनु वाईवा
१७. प्रेस संगठन नेपाल, इन्चार्ज – देवराज रिमाल, सह-इन्चार्ज – पुनम भट्टराई
१८. पेसागत महासंघ नेपाल, इन्चार्ज – प्रमिला लामा, सह-इन्चार्ज आर.के.शर्मा
१९. मानवअधिकार तथा सामाजिक अभियान नेपाल, इन्चार्ज – गौतमबुद्ध लामा, सह-इन्चार्ज – दिलदोर्जे पाख्रिन
२०. राष्ट्रिय युवा संघ नेपाल, इन्चार्ज – सुमन पाख्रिन, सह-इन्चार्ज – सुनिल मोक्तान, ईन्द्रबहादुर थिङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*