राक्सिराङको वडा ४ मा नेकपाको सपथ ग्रहण, एक दर्जन नेकपामा प्रवेश

तामसालिङ खबर
२९ मंसिर २०७६, आईतवार १३:१०

मंसिर २९, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा कमिटिको सपथ ग्रहण कार्यक्रम भएको छ । वडा ईन्चार्ज भिमलाल थिङ्को अध्यक्षता तथा पार्टी केन्द्रिय सदस्य एबम प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य राजाराम स्याङतान, बनस्तम थिङ, नेकपा राक्सिराङ्ग गाउपालिका अध्यक्ष हस्त बहादुर मोक्तान, नेपाल कम्युनिस्ट पार्टी नेकपा राक्सिराङ्का कार्यलय सदस्य बाबुलाल स्याङतान,सिंहराम रुम्बा, सुजन कुमार मुक्तान, दिनेश कुमार ब्लोन लगायतको आतिथ्यमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै, नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि राम बहादुर प्रजा, पुर्ण बहादुर मोक्तान लगायत एक दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेको छ ।

नब प्रबेशीलाई स्वागत गर्दै प्रमुख अतिथी खतिवडाले हल्ला र भ्रम छरेर राजनीति गर्नेहरुको वास्तविक चरित्र जनताको सामु उदाङ्गो भैसकेकाले अब सबैजना नेकपामा गोलबद्द हुन अह्वान गर्नु भयो ।

खतिवडाले सरकारले आफ्नो आगामी कार्यकाल सम्ममा जनताले परिबर्तनको प्रत्यक्ष अनुभूत हुने गरी काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*