बुद्ध पूर्णिमादेखि गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने

तामसालिङ खबर
२९ मंसिर २०७६, आईतवार ०८:४२

मंसिर २९, भैरहवा – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमा देखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्णिमादेखि विमानस्थल सञ्चालनमा आउने जानकारी दिएको हो । यद्यपि यसको औपचारिक निर्णय भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नु पर्नेछ ।

विमानस्थलको टर्मिनल भवनमा मार्बल तथा टायल लगाउने र सीसीटीभी तथा एक्सरे मेसिन जडान लगायतका काम भइरहेको छ । विमान पार्किङ क्षेत्रमा मार्किङको काम तीव्र पारिएको छ । त्यस्तै आगमन तथा प्रस्थान भवनतर्फ पनि छानो लगाउनेदेखि विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको विमानस्थल सुदृढीकरण कार्यान्वयन आयोजना एकाइ रूपन्देहीका प्रमुख प्रवेश अधिकारीले बताउनु भयो ।

“टर्मिनल भवनमा अहिले फिनिसिङ र उपकरण जडानको काम भइरहेको छ । त्यस्तै धावनमार्गको सिभिल निर्माणतर्फको काम सबै सकेर अहिले लाइट जडानको काम अगाडि बढेको छ”, उहाँले भन्नुभयो । सबै उपकरण आइसकेको र जडानको काम मात्र बाँकी रहेकाले अब भौतिक प्रगति स्वतः बढ्ने आयोजनाले जनाएको छ । धावनमार्गका बत्ती तथा सञ्चार उपकरण पुसभित्र आइपुग्ने र त्यसको एकदेखि डेढ महिनाभित्र जडान पूरा हुने आयोजनाले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*