साग खेलकुद – बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

तामसालिङ खबर
२३ मंसिर २०७६, सोमबार ०८:५१

मंसिर, काठमाडौं – जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

खेलको ११ औं मिनेटमा नेपालका सुनिलले बलले गरेको गोल नै निर्णायक बन्न पुग्यो । यसअघि नै फाइनलमा प्रवेश गरेको भुटानसँग नेपालले २४ गते खेल्नेछ ।

फाइनल खेल्ने भुटानलाई नेपालले यसअघि नै ४–० गोलले पराजित गरेको थियो भने श्रीलंका सँग १–१ को बराबरी खेलेको थियो । त्यसैगरी माल्दिभ्सलाई आइतबार २–१ गोलले पराजित गरेको थियो ।

तीनमा जित र एकमा बराबर गर्दै नेपाल १० अंक सहित अंक तालिको पहिलो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*