मनहरीमा १३७ जना नेकपामा प्रवेश

तामसालिङ खबर
२० मंसिर २०७६, शुक्रबार २२:२५

मंसिर २०, हेटौडा (मनहरी) – संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङ सहित १ सय सैतिस जना नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् ।

मकवानपुरको मनहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रमा संघीय समाजवादी, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपाका बरिष्ठ नेता एबम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले फुलमाला र टिका लगाई स्वागत गर्नु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्यहरु ओमबहादुर ग्लान, एकराज उप्रेती, संविधासभा सदस्य राजाराम स्याङ्तान लगायत नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*