काँग्रेसको समाजवाद कम्युनिष्ठले स्वीकार गरिसके – नेता डा.महत

तामसालिङ खबर
१९ मंसिर २०७६, बिहीबार ०८:१५

मंसिर १९,ककनी (नुवाकोट) – उदारवादको नीतिले मुलुकलाई अर्थतन्त्रमा सहजता ल्याएको नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पुर्व अर्थमन्त्री डा. रामशरण महतले बताउनु भयो ।

काँग्रेसको समाजवाद कम्युनिस्टले पनि स्विकारिसकेको उनले बताए । नेपाल तरुण दल क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ द्वारा बुधबार ककनीमा आयोजित प्रशिक्षण कार्यक्रमको उदघाटन सत्रमा प्रमुख आतिथ्यता ग्रहण गर्दै नेता महतले व्यक्त गरेका हुन् ।

क्षेत्र नम्बर १ मा रहेका गाउँपालिकाहरु ककनी, शिवपुरी, लिखु, दुप्चेश्वर, पञ्चकन्या, तादी र सुर्यगढीका प्रत्येक वडाका ३ जना प्रतिनिधि प्रशिक्षणमा सहभागी भएका छन् । नेपाल तरुण दलका शरण घले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष यदुमान लामाले प्रशिक्षित गर्नुका कारण खुलाउदै निर्वाचन पछि सेलाएका युवाहरुलाई सशक्तीकरण गर्दै सांगठनिक दायित्व बहन गराउन खोजेको बताए ।

नेपाल तरुण दल ककनीका अध्यक्ष आदित्य श्रेष्ठले स्वागत र नित्यराज ढुंगानाले सञ्चालन गरिएको उक्त कार्यक्रममा नेका जिल्ला कार्यसमितिका सभापति जगदिश्वर नरसिंह केसी, प्रदेश सांसद कल्पना नेपाली, पुर्व नेका जिल्ला सभापति धुर्ब अधिकारी , महसमिति सदस्य रमेशकुमार महत र प्रतापसिंह लामा, नेका क्षेत्रीय अध्यक्ष अर्जुनप्रसाद न्यौपाने ,नेका कार्यसमिति महिला विभाग प्रमुख हिरा पाण्डे , प्रदेश संयोजक क्षेत्र नम्बर २ का यादव नेपाल, नेका क्षेत्रीय कार्यसमिति १ का पुर्व अध्यक्ष गोविन्द थपलिया, ककनी गापाका प्रत्यासी उम्मेदवारद्वय अध्यक्ष दिपेश लामा र सरिता आचार्य लगायतले सांगठनिक सुदृढीकरणको लागि मुल मन्त्र हुने बताए ।

२ दिनमा प्रशिक्षकहरु केन्द्रीय सदस्य धनराज गुरुङ, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल र राजनीतिक बिश्लेषक एवं काठमाडौ विश्व विद्यालयका उपप्राध्यापक डा. उद्धव प्याकुरेल रहेका छन् ।
प्रशिक्षण आज बिहीबार समापन हुने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*