चर्चा बटुल्दै रेश्माको ‘तामाङको चेली’ (भिडियो)

तामसालिङ खबर
१८ मंसिर २०७६, बुधबार २३:४४

मंसिर १८, हेटौडा – तामाङ सेलो गायिका रेश्मा बम्जनको नयाँ सेलो गीत यति खेर युट्युबमा चर्चामा रहेको छ । गायिका बम्जनले पछिल्लो चरणमा ल्याएको सेलो गीत “तामाङको चेली”बोलको म्युजिक भिडियो रिलिज भएको साता दिन नहुदै ४ लाख ७७ हजार ७ सय चौहत्तर पटक हेरिसकेको छ । ५ हजार १ सय लाइक र ३ सय १५ कमेन्ट पाएको सो गीत टिकटकमा समेत चर्चामा रहेको छ ।

गायक आशुसेन लामाको शब्द संगीतमा रहेको गीतलाइ फणिन्द्र राईको एरेन्ज र दिपेश प्रधानले मिक्सिङ गरेको छ । भीमफेदी गाइज र मोडेल निरन्जली लामालाई फिचरिङ गरेको भिडियोलाइ निर्मल लामा(बिजी)ले निर्देशन गरेका छन् ।

भिडियो छायांकन र सम्पादन पवन सुस्लिङले गरेका हुन् । मकवानपुरको पुरानो सदरमुकाम भिमफेदी आसपासका छायाँकन गरिएको छ ।

रेश्माले यसअघि सोल्टिनी मैच्याङ, जन्ती लिएर, आम्मैले होइ आम्मैले, मैले क्यारु भो, के साह्रो हेरेको च्याङबा, गोरी गोरी माइच्याङ, यो कान्छाको र होई च्याङबा लगायत दुई दर्जनभन्दा बढी गीत गाइसकेकी छिन् ।

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*