मलेसियामा तिन दिनको अन्तरालमा ६ नेपालीको मृत्यु

तामसालिङ खबर
१८ मंसिर २०७६, बुधबार १०:२१

मंसिर १८, मलेसिया – रोजगारीका लागि मलेसियाका विभिन्न स्थानमा पुगेका ६ नेपालीको मृत्यु भएको छ । तीन दिनमा ६ नेपालीले ज्यान गएको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ । शुक्रबार, शनिबार र आइतबार ६ नेपालीको आकस्मिक मृत्यु भएको जनाए पनि मृत्युका कारण दूतावासले खुलाएको छैन ।

टपग्लोब १८ नम्बर फाक्टरि बान्तिङमा कार्यरत सुनसरीका सुन्दर श्रेष्ठ, स्पेशल स्क्वार्ड सेक्युरिटी सर्भिसमा कार्यरत सल्यानका प्रदिप बस्नेत, मुवाजा सेक्युरिटी फोर्सका पेटालिङ्गजाया वान उतामामा कार्यरत खोटाङका टंक बहादुर सार्की, वान सेक्युरिटी सर्भिसका जोहोरमा कार्यरत रमेश बहादुर बोहोरा, दैलेख भगवतीमाई गाउँपालिका गोपाल रोकाया र केलाङको एक कम्पनीमा कार्यरत अर्का नेपाली गरी ३ दिनमा ६ जनाको मृत्यु भएको दूतावासले जनाएको छ ।

मलेसिया रोजगारीमा जाने श्रमिकको मृत्य हुने क्रम बढ्दो छ । नेपाली श्रमिकको मुख्य रोजगार गन्तव्य देशमा मलेसिया पर्छ । मलेसियामा रोजगारीका धेरै श्रमिकको रक्सी सेवनका कारण मृत्यु हुने गरेको वैदेशिक रोजगार बोर्डको तंथ्याकमा छ । श्रम गर्ने मलेसिया आउन नेपाली श्रमिकको मृत्युका विषयमा गम्भीर भएर अनुसन्धान गरिरहेको मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेले बताएका छन् ।

मृत्युको कारणका बारेमा दूतावासले मलेसियाको सम्बन्धीत निकायसँग छलफल गरिरहेको उनले बताएका छन् । गएका २ दर्शकका रोजगारीका लागि मलेसिया गएका ३ हजारभन्दा धेरै नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वार्षिक २ सयभन्दा धेरै रोजगारीका लागि मलेसिया पुगेका श्रमिकको मृत्यु हुने गरेको बोर्डको तंथ्याकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*