कोरियामा भएको मंगोलियन हार्ट कन्सर्टमा ५ करोड ५३ लाख वान नाफा

तामसालिङ खबर
१८ मंसिर २०७६, बुधबार ०९:००

दक्षिण कोरिया – दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाजको संयुक्त आयोजनामा गत छुसकको अबसरमा गरेको ‘मंगोलियन हार्ट कन्सर्ट’ कार्यक्रमको आर्थिक हिसाब विवरण सार्वजनिक गरेको छ । आइतबार सउलमा गरेको समिक्षा तथा आर्थिक सार्वजनिक बैठकमा आयोजकले ५ करोड ५५ लाख ९९ हजार ३ सय ३३ वान (नेपालीमा लगभग रु ५५ लाख) नाफा भएको छ ।

आयोजकले कुल आम्दानी ९ करोड ६८ लाख ५२ हजार ८८६ वान गरेको छ । त्यस्तै कुल खर्चमा ४ करोड १४ लाख ५३ हजार ५५३ वान गरेको छ । संयुक्त बैठकबाट अनुमोदित आर्थिक विवरण मेगराज खड्का, उत्सब खड्का र दिलिप दाहाल सहितको ३ सदस्यीय आर्थिक समितिको संयोजक मेगराज खड्काले प्रस्तुत गरेको थियो ।

कार्यक्रममा कलाकारलाई मात्र पारिश्रम, खाना, भिषा र टिकट गरी २ करोड वान भन्दा बढी खर्च भएको विवरणमा उल्लेख छ । कन्सर्टमा मंगोलियन हार्टका राजु लामासहित ७ जना र गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, प्रताप दास, मोडेल अन्जली अधिकारी आएका थिए ।

समिक्षा तथा सार्वजनिक कार्यक्रममा दोलखाली समाजका अध्यक्ष सरोज केसी, रामेछाप सम्पर्क समितिका अध्यक्ष रविप्रताप घिसिङ र सिन्धुपाल्चोक समाजका अध्यक्ष सञ्जिव भन्डारीले कार्यक्रम आयोजना गरेको नारा अनुसार नाफा रकमलाई खर्च गर्ने बताएका छन् । आयोजकले कार्यक्रम गर्नुको उद्देश्य दुर्गम भेगको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने बताएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*