आइटिसीको खाडी मध्यपूर्वी क्षेत्रीय समितिको अध्यक्षमा सोनाम दोङ निर्बाचित

६ बुद्धे ओमन घोषण पत्र जारी गर्दै सकियो
तामसालिङ खबर
१६ मंसिर २०७६, सोमबार ०८:४०

मंसिर, ओमन – अन्तराष्ट्रिय तामाङ परिषदको खाडी तथा मध्यपूर्वी क्षेत्रीय सम्मेलनबाट ६ बुद्धे ओमन घोषण पत्र जारी गर्दै सकिएको छ । सम्मेलनबाट खाडी तथा मध्यपूर्वी क्षेत्रीय समितिको अध्यक्षमा सोनाम दोङ तामाङ निर्वाचित भएको छ । ओमनको मस्कट रुइ सिटीमा भएको सम्मेलनमा नेपाली राजदूत सर्मिला पराजुली ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।

सम्मेलनले विश्वभर छरिएर रहेका तामाङ समुदायको एकता र गौरवका प्रतिकको रुपमा आगामी ३ वर्षभित्र नेपालमा तामाङ साँस्कृतिक संग्रहालय निर्माण गरिसक्ने घोषणा गरेको छ । तामाङ साँस्कृतिक संग्रहालय ताम्सालीङ भूमिमा निर्माण गरिने निर्णय गरेको छ । जसको लागी सन २०२० देखि २०२२ लाई साँस्कृतिक संग्रहालय निर्माण वर्षको रुपमा घोषणा गरेको छ ।

सम्मेलनले सुरेन्द्र थिङ (युएइ) लाई सचिवमा निर्वाचित गरेको छ भने अन्य सदस्यहरुमा राम तामङ (ओमान), धिरेन तामङ (कतार), अनिता तामाङ (ओमन), सुरेश ग्याबा (कुबेत) रहेका छन् । साउदी अरब र इराकबाट भने सदस्य मनोनित हुन बाँकी रहेको बताएको छ ।

सम्मेलनमा परिषद्का बरिष्ठ उपाध्यक्ष टासी लामा, परिषदका महासचिव तथा नेपाल तामाङ घेदुङ संघीय अध्यक्ष मोहन गोले, घेदुङ सचिव रामकृष्ण ब्लोन तामाङ, भाषा तथा साहित्य बिभाग प्रमुख काजिमान थिङ लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा युएइ अध्यक्ष महेश मोक्तान, कुवेत अध्यक्ष सुरेश ग्याबा तामाङ, कतार अध्यक्ष धिरेन ग्याबा, ओमन अध्यक्ष तेज तामाङ, बहराइन उपसंयोजक पेमा तामाङ, कतार समाज संरक्षक संखलाल तामाङ लगायतले अबधारणापत्र पेश गरेका थिए ।
कार्यक्रम क्षेत्रिय संयोजक सोनाम दोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

६ बुद्धे ओमन घोषण पत्र हेर्नुहोस –

Itc Oman Decleration Letter

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*