मकवानपुरे गायक अविराम मोक्तानको ‘ओ साइली’ भिडियो रिलिज (भिडियो)

तामसालिङ खबर
११ मंसिर २०७६, बुधबार २१:१९

मंसिर ११, हेटौडा – मकवानपुरे गायक अविराम मोक्तानको “ओ साइली” बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । मोडेल तथा कोरियोग्राफर अभि लामा र अनिता गोलेको अभिनयलाई फिचरिङ गरिएको सो भिडियोको गीत यस अघि नै मकवानपुरे दर्शक माझ चर्चामा रहेको थियो ।

“ओ साइली” बोलको गीतबाट नै तामाङ सांगीतिक क्षेत्रमा प्रबेश गरेका गायक मोक्तानले तामाङ चलचित्रको गीत लगायत नेपाली लोकदोहोरी समेत आवाज दिई सकेका उनि मकवानपुरमा हुने सास्कृतिक कार्यक्रमहरुमा ब्यस्त हुने गरेको छ ।

गायक तुलुक लामा बलको शब्द संगीत रहेको “ओ साइली” गीतमा शुरुमा लामाकै स्वर रहेको छ । सुमन तामाङको एरेन्ज, अभि लामाको निर्देशनमा रहेको भिडियोलाई फराज अर्पणले छायांकन रहेको छ । सुर्य लामाको सम्पादनमा रहेको भिडियो जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।

मकवानपुरे सेलो किङ भनेर समेत चिनिएको गायक मोक्तानको ओ साइली, डम्फुको तालमा, मै राम्री नभन मैच्याङनी, गीत चर्चित छन् । आउदै गरेको ल्होछारलाइ लक्षित गर्दै नया गीत र म्युजिक भिडियो एकै साथ ल्याउने तयारीमा रहेको गायक मोक्तान बताए ।

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*