५० प्रतिशत अनुदानमा किसानलाई दुहुनो भैँसी

तामसालिङ खबर
१० मंसिर २०७६, मंगलवार २०:२२

मंसिर, गोरखा – पशुपालक किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले आरुघाट गाउँपालिकाले उन्नत जातको भैँसी र राँगा वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा ९ वटा भैँसी र ७५ प्रतिशत अनुदानमा दुईवटा राँगो वितरण गरिएको गाउँपालिकाका पशुसाखा प्रमुख इन्द्रहरी खनालले बताए।

‘गाउँपालिकाले बिनियोजन गरेको ७ र अनुदान पाउने किसानले जम्मा गरेको ६ लाखसहित १३ लाख रुपैयाँबाट दुहुनो भैँसी र राँगा वितरण गरिएको हो’ खनालले भने। वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले किसानलाई व्यवसायीक र आत्मनिर्भर बनाउने योजनाका साथ अनुदानमा भैँसी वितरण गरेको बताए।

‘बजार पनि नजिकै छ, आरुघाट बजारमा माग भएको दुध उत्पादन र किसानको आम्दनी बढाउने उद्देश्यले उन्नत जातका भैँसी, राँगालाई प्राथमिकता दिएका हौँ’ उनले भने। दुधसँगै माछा मासुमा पनि गाउँपालिकालाई आत्मनिर्भर बनाउने पालिकाको योजना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*