नेपालमा बायु प्रदुषणको कारण बार्षिक १० हजारको मृत्यु

तामसालिङ खबर
१० मंसिर २०७६, मंगलवार १०:२३

मंसिर, काठमाडौं – नेपालमा प्रत्येक १० जना मध्ये एकजनामा सीओपीडी दम(दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग) को समस्या देखिने गरेको पाइएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने रोग न्युनीकरण तथा मानसिक शाखा प्रमुख फडेन्द्रप्रसाद बरालले नेपालमा घरभित्र हुने प्रदुषण र घर बाहिर हुने प्रदुषणका कारण नेपालमा दीर्घ श्वासप्रश्वासको समस्या बढिरहेको बताए।

२०१४ सालको सीओपीडी दमबाट करिब तीन प्रतिशत मानिसको मृत्यु हुने गरेको देखिन्छ । हाल नेपालको कुल जनसंख्याको करिब ११.७ प्रतिशत अर्थात करिब ३४ लाख मानिसको सीओपीडी दम (दीर्घ श्वासप्रश्वास)का बिरामीहरु नेपालमा रहेका छन्,” उनले भने, “सरकारले यस्ता नसर्ने रोग न्युनीकरणका लागि प्रत्येक प्रदेशमा एक करोडका दरले रकम विनियोजन गरेको छ भने केन्द्र सरकार लागि ९५ लाख रकम विनियोजन गरिएको छ ।”

हाल दमको औषधि आफैँ किनेर सेवन गर्नुपर्छ । तर, सरकारले उक्त औषधि हरेक हेल्थपोष्टमा निःशुल्क दिने तयारी गरेको उनले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार पछिल्लो समय नेपालमा दम दोस्रो नम्बर छ ।

ग्रामिण क्षेत्रमा दाउरा तथा अन्य धुवाँ निस्कने वस्तुबाट खाना पकाउने कारणले पनि यो रोगको जोखिम बढिरहेको छाति रोग विशेषज्ञ डा. निरज बमले बताए । उनले भने, “धुवाँ तथा वायु प्रदुषणमा रहने व्यक्ति (ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) जोखिममा हुन्छन् । यो रोगबाट जोगिन धूम्रपानदेखि टाढै रहनुपर्छ भने प्रदूषणबाट जोगिन आवश्यक छ ।”

सीओपीडी दम हुने कारण
छातिरोग विशेषज्ञ डा. अशेष ढुंगानाले सीओपीडी दम भनेको दिर्घकालीन स्वासप्रश्वास सम्बन्धी रोग भएको बताए । यो रोग लाग्नुको प्रमुख कारण धूम्रपान भए पनि वायु प्रदुषण, भान्छाबाट धुवाँ, रसायनिक पदार्थ मिसिएको धुवाँको मुस्लो रहेको बताए । “नेपालमा प्रत्येक तीन जनामध्ये एकजना हाल र विगतमा धूम्रपान गर्ने गरेको देखिन्छ,” उनले भने “नेपालमा वर्षेनी वायु प्रदूषणका कारण १० हजार नेपालीले ज्यान गुमाउने गरेका छन् ।”

उनले अधिकांशमा एउटा भ्रम रहेको बताउँदै भने, “सीओपिडी दम भएका बिरामीहरुले व्यायाम गर्नुहुँदैन । तर यस्तो होइन । यदि यस्ता बिरामीहरुले नियमित व्यायाम गर्नुका साथै स्वस्थ्यकर आहार लिनुर्प । वर्षेनी श्वासप्रश्वासबाट हुने रोगहरुका बिरामीहरु बढिरहेको हुँदा एउटा मात्र रिफर अस्पताल भएर पुग्दैन ।”
नेपाल विश्वको पाँचौ वायु प्रदुषण भएको देशसमेत बताइन्छ । सन् २०१८ मा सार्वजनिक भएको एक तथ्यांकले १२ प्रतिशत मानिस सीओपीडी दमबाट प्रभावित रहेको देखाएको छ ।

सीओपीडी दमको औषधि महँगो पर्ने छाति रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठले बताए । “इन्हेलर नामक औषधि श्वासप्रश्वासको माध्यमबाट सीधै फोक्सोमा पुग्ने दम पनि फोक्सोमा देखिने समस्या हँुदा यो निकै प्रभावकारी हुने र कुनै पनि असर नगर्ने औषधि रहेको छ । महँगो पर्ने भएकोले आर्थिक अवस्था कमजोर भएका बिरामीहरुका लागि यो औषधि किनेर प्रयोग गर्न निकै गाह्रो छ,” उनले भने, “सरकारले सीओपीडी दमको औषधि निःशुल्क गरेमा धेरैलाई राहत हुन्छ ।”

सन् १९१९ मा करिब एकलाख मानिसमा गरेको अध्ययनमा ५२.४९ प्रतिशतमा सीओपीडी जुन नसर्ने रोगको पाँचौ स्थानमा देखिएको थियो तर सन् २०१७ सीओपीडी अर्थात् श्वासप्रश्वासको समस्या दोस्रो स्थानमा देखिएको छ । यसरी दोस्रो स्थानमा देखिनुमा बढ्दो वायुप्रदुषण, धुम्रपान गर्ने संख्या बढ्दा यो संख्या केही वर्षमा पहिलो स्थानमा पर्ने परिषदले जनाएको छ ।

९० प्रतिशत सीओपीडी दमबाट हुने मृत्यु कम विकसित देशहरुमा बढी देखिने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्ममा नसर्ने रोग अन्तर्गतको दीर्घ श्वासप्रश्वासको समस्यालाई ८० प्रतिशत न्युनीकरण गर्ने लक्ष्य राखेको छ । सोहीअनुसार नेपालले पनि दीर्घ श्वासप्रश्वास नियन्त्रणका कार्यक्रम गर्न लागेको स्वास्थ्य सेवा विभागको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको नसर्ने रोग न्युनीकरण तथा मानसिक शाखा प्रमुख बरालले बताए ।

विश्व स्वास्थ्य संगठनको २०१८ तथ्यांकअनुसार नेपालमा ६६ प्रतिशतमा दीर्घस्वासप्रश्वास (सीओपीडी) रहेको देखिएको छ । बाह्रखरी डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*