बहुबिवाह गर्ने वडाअध्यक्ष जेल चलान

तामसालिङ खबर
९ मंसिर २०७६, सोमबार ०९:३०

रामेछाप – बहुविवाह गरेको अभियोगमा रामेछापको मन्थली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष गोपालवहादुर माझीलाई २ वर्ष जेल चलान गरिएको छ । उनी सगैँ विवाहित कान्छी श्रीमतीलाई समेत २ वर्षको कैद सुनाएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश इश्वरीप्रसाद सापकोटाको इजलासले बिहीबार उक्त आदेश दिएको हो ।

यस अघि माझी र उनकी कान्छी पूर्पक्षका लागि कारागारमा बन्दी जीवन विताईरहेका थिए । अदालतले दोषी ठहर गरेपछि उनको वडा अध्यक्ष पद समेत गएको छ । माझीले अदालतको निर्णय चित्त नबुझे पुनारावेदन गर्न पाउने हदम्याद भने पाउने भएका छन् ।

जेठी श्रीमती कृष्णमाया माझीसँग विगत ४ वर्षदेखि अलग बस्दै आएका भलुवाजोरका वडा अध्यक्ष माझीलाई केही महिना अघि भक्तपुरबाट कान्छी श्रीमतीसगैँ पक्राउ गरीएको थियो । लामो समयदेखि अर्काकी श्रीमतीलाई आफ्नी भनेर माझीले भक्तपुरमा डेरा गरी बसेका थिए । जेठी श्रीमती र माझीसँग बस्ने महिलाका श्रीमानले खोजी गर्दै उनीहरु सँगै भएको बेलामा प्रहरीलाई बोलाएर पक्राउ गराएका थिए ।

माझीसँग श्रीमतीको रुपमा बसेकी महिलाका श्रीमान् बिदेशमा थिए । उनी पनि भलुवाजोरकै हुन । जेठी कृष्णमाया माझीले वहुविवाहको अभियोगमा दुवैलाई कारवाहीको माग गर्दै जाहेरी दिएकी थिईन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*