दियालोको काव्य-अर्चना साहित्यिक कार्यक्रम

तामसालिङ खबर
९ मंसिर २०७६, सोमबार ०८:२७

मंसिर, काठमाण्डौ – आधा दर्जन भन्दा भन्दा कविहरूको विषेश कविता वाचनको साथमा काव्य-अर्चना कार्यक्रम भएको छ । दियालो साहित्य सरगम र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा शुक्रबार भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले दीप प्रज्वलन पश्चात छन्दका शिखर पुरुष महाकवि रमेश खकुरेलको मुखारविन्दबाट श्लोक वाचन गरेर शुरु भएको थियो ।

तीन जना छन्दकवि र तीनजना गद्यकविको विषेश वाचन रहेको उक्त कार्यक्रममा कवि प्रभा भट्टराई तथा कवि एवं गजलकार बाबु त्रिपाठी अतिथि कविका रुपमा प्रस्तुत भएको थियो । कविहरूका कविता प्रस्तुत हुँदा अधिकांश कवितामा पूरै हल शान्त मुद्रामा लठ्ठिएका थिए ।

दर्शकको उत्साह रूपमा उपस्थित रहेको कार्यक्रममा छन्द कवितातर्फ ललितपुरका कवि रत्न विरही घिमिरे, सोलुखुम्बुका कवि गणेशप्रसाद खतिवडा र दाङकी कवि रितु खनालले विभिन्न छन्दका तीन/ तीनवटा कविता वाचन गरेको थियो । त्यस्तै गद्य कवितातर्फ नुवाकोटकी कवि लक्ष्मी रुम्बा, मकवानपुरकी कवि सानु खतिवडा तथा सुनसरीकी कवि लता कार्कीले तीन/ तीनवटा कविता वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. हेमनाथ पौडेलले कार्यक्रमलाई उच्च कोटिको कार्यक्रम भएको भन्दै यसले नेपाल प्रज्ञा प्रतिष्ठानलाई समेत चुनौती दिएको उल्लेख गरे । स्रष्टालाई प्रशंसा-पत्र तथा पारिश्रमिक समेत दिएर उल्लेखनीय कार्य एवं सम्मान प्रदान गरेको उल्लेख गर्दै उनले यस्तो उत्कृष्ट कार्यक्रम प्रस्तुत गर्ने संस्थालाई प्रतिष्ठानसँग सहकार्य गर्न आव्हान समेत गरे ।

कार्यक्रमको सभापतित्व दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्माले काव्यिक रुपमा मन्तव्य दिँदै मोफसलमा रहेका साहित्यकारलाई केन्द्रमा जोड्ने तथा राजधानीमा रहेका साहित्यकारलाई देशका कुना-कुनासम्म पुर्‍याउने उद्धेश्यका साथ यस संस्थाले कार्य गरिरहेको उल्लेख गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*