करणीको आरोप लागेका विद्यार्थी नेता राई जेल चलान

तामसालिङ खबर
७ मंसिर २०७६, शनिबार ०७:४६

मंसिर ७, काठमाण्डौ – आफ्नै साथीकी बहिनीलाई करणीको आरोपमा पक्राउ परेका अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह–सचिव ईन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

बलात्कारको आरोपमा पक्राउ परेका राईलाई सात देखि दश बर्ष सम्मको जेल सजायको माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा हालेको हो ।

उक्त मुद्दामा राईको बयान र थुनछेक बहश पछि काठमाडौं जिल्ला अदालतका न्यायधिश विनोदकुमार पोखरेलको ईजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको हो।

राईले तिहारको बेला आफ्नै साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौं माकलबारी स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*