मनहरी गाउपालिकाले राप्तीखोलालाई मध्यवर्तीको सीमाना मान्ने

तामसालिङ खबर
४ मंसिर २०७६, बुधबार ०९:२७

मंसिर ४, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका भित्र पर्ने मध्यवर्ती क्षेत्रहरुमा विकास निर्माण कार्यमा समेत अबरोध हुन थालेपछि पर्सा राष्ट्रिय निकुन्जका मध्यवर्ती क्षेत्रको सीमाना राप्ती खोलामै सीमित राख्ने गरी मनहरी गाउँपालिकाले गृहकार्य सुरु गरेको छ । गाउँ कार्यपालिका बैठकले निर्णय गरी सम्बन्धित निकायमा पहल सुरु गरेको छ ।

निकुन्जले २०६३ सालमा पूर्वपश्चिम राजमार्गको बीचको सेतो धर्सो भन्दा दक्षिण तर्फको क्षेत्रलाई मध्यवर्ती क्षेत्र भनी सीमांकन गरेको थियो । आफ्नो सीमाना भित्र गैर मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुलाई प्राकृतिक स्रोत हकभोग गर्न रोक लगाएर प्रशासनिक समस्याहरु देखाउने गरेकाले मनहरी गाउँपालिकाले सीमाना हेरफेरको निर्णय गरेको हो ।

पूर्वपश्चिम राजमार्गको बीच भागमा रहेको सेतो धर्सालाई सीमाना नमानी राप्ती खोलाको भेल बग्ने किनारलाई मध्यवर्ती क्षेत्रको उत्तर तर्फको अन्तिम सीमाना मान्नुपर्ने प्रस्ताब कार्यपालिका बैठकले गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

बन्यजन्तुको आक्रमण, गिटी, ढुंगाबालुवाको उपभोग लगायतका समस्या मध्यवर्ती क्षेत्रभित्र आइरहँदा समेत निकुन्जले नागरिक सँग राम्ररी जनसम्पर्क नबढाउने, प्रशासनिक झन्झट खडा गरेर जनतालाई दुःख दिने काम गरिरहेकाले सीमाना हेरफेरको प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ ।

हाल मनहरी गाउँपालिकाको १, २, ३, ४ र ५ पूर्ण रुपमा मध्यवर्ती क्षेत्रभित्र पर्दछ । त्यसैगरी वडा नं ७, ८ र ९ को सडकमुनिको भूभाग मध्यवर्ती क्षेत्रभित्र पर्ने गरेको छ । वडा नं ७, ८ र ९ भएर बग्ने राप्तीखोला र मनहरी खोलाबाट उत्पादन हुने ढुंगा, गिटी, बालुवा, ग्रेवल समेत विकास निर्माण र घर प्रयोगका लागि सडकमाथि घर भएका उपभोक्ता बञ्चित हुने गरेका छन् । maharilive.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*