कृषि विकास बैंकले होमस्टे सञ्चालन गर्न २० लाख सम्म कर्जा दिने

तामसालिङ खबर
४ मंसिर २०७६, बुधबार ०८:०२

काठमाडौं – भ्रमण वर्ष २०२० लाई लक्षित गरी कृषि विकास बैंकले होमस्टे सञ्चालन गर्नको लागि २० लाखसम्म कर्जा दिने भएको छ । कृषि विकास बैंकले होमस्टे खोल्नको लागि पुरूषलाई भन्दा महिलालाई प्राथामिकता दिएको छ ।

होमस्टे खोल्नको लागि महिलालाई १ प्रतिशत ब्याज छुट गरेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्याय जानकारी दिए ।

होमस्टे सञ्चालनको लागि महिलालाई ११ प्रतिशत ब्याजमा ६ प्रतिशत ब्याज सरकारले ब्यर्होर्ने र ५ प्रतिशत व्यक्तिले तिर्नुपर्ने गरी कर्जा दिन लागिएको हो । त्यस्तै पुरूषलाई होमस्टेको लागि पनि ११ प्रतिशतमै कर्जा दिनेछ ।

सरकारले ५ प्रतिशत ब्याज ब्यार्होर्ने र ब्यक्तिले ६ प्रतिशत ब्याज तिनुपर्ने गरी कृषि विकास बैंकले कर्जा दिन लागेको हो । सरकारले लिएको भ्रमण वर्ष सफल बनाउने उद्देश्यलाई हेरेर कृषि विकास बैंकले होमस्टेको लागि सहुलियत कर्जा ल्याएको हो । कृषि विकास बैंकका सबै शाखाले यो सेवा दिन सक्ने छन् ।

कृषि विकास बैंकले खुद्रा करोबारमा, पर्यटन होमस्टे, उत्पादन क्षेत्र, रोजगारी, आय प्रतिपादन गर्छन भने त्यसले दिएको निर्देशनको परिधिभित्र गर्ने पद्धतिको निर्माण सँगै विस्तार गरी परिमार्जन गर्दै लैजाने उपाध्यायले बताए ।

जनता र सरकारको पैसा दुरूपयोग नहुने गरी सदुपयोग हुने अवधारण अनुसार उत्पादन क्षेत्र, रोजगारी, आय प्रतिपादन गर्छन भने उक्त क्षेत्रमा कृषि विकास बैंकको स्पष्ट नीति रहेको छ । त्यसमा डकुमेन्ट, व्यक्तिको आचरण विविधताका साथै क्षमता हेरेर यो बैंकले सहभागी गराउनेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*