साना किसान कृषि सहकारी हाँडीखोलाको अध्यक्षमा पुन: ठकुरी चयन

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार १८:०४

कार्तिक २९, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको साना किसान कृषि सहकारी संस्था हाडीँखोलाको अध्यक्षमा पुनः राधिका ठकुरीको चयन भएको छ । बिहिबार भएको १० औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशनबाट ठकुरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

सहकारी संस्थाको उपाध्यक्षमा गीता प्रजा, सदस्यहरुमा विष्णमाया उप्रेती, मिठु थापा, पार्वती घलान, सुनमाया स्याङ्तान, संगीता बर्तौला, शान्ता तितुङ, सुशिला उप्रेती, तिउरीमाया थोकर र सीता ढकाल लगायत चयन भएको छ ।

त्यस्तै, सोही बार्षिक साधारण सभाबाट लेखा समिति समेत चयन गरिएको छ । देवी तामाङ संयोजकत्वमा बनेको समितिमा लक्ष्मी लामा र मञ्जु घलान सदस्यमा चयन भएको छ । सहकारीको कार्यक्षेत्र सविक हाडीँखोला गाविस रहेको छ भने हाल मनहरी गाउँपालिकाको १ नम्बर वडा देखि ५ नम्बर वडा सम्म विभाजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*