अदालत नपुग्दै रुपज्योति विरुद्ध ठगीको मुद्दा फिर्ता हुने संकेत

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार १३:११

कार्तिक २९, काठमाण्डौ – पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योति विरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ ।

उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमा निवेदन दिएपछि ज्योति विरुद्धको मुद्दा अदालत नपुग्ने देखिएको हो ।

मल्लले ज्योतिबाट बैना बापतको रकम पाइसकेको भन्दै बुधबार सरकारी वकील कार्यालयमा जाहेरी फिर्ता लिने भनेर निवेदन दिएका थिए । सरकारी वकील कार्यालयले बिहीबार नै यस विषयमा थप अनुसन्धानको प्रतिवेदनलाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*