निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्षको निर्धारण

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार ०९:११

कार्तिक २९, काठमाण्डौ – संघीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष हुने भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेर हद बढाएको हो । यस अघि अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष थियो । समितिमा विधेयकको दफावार छलफल भने जारी छ ।

हाल बहाल रहेका कर्मचारीको हकमा भने जन्ममितिका आधारमा क्रमशः अवकाशको उमेर हद कायम रहने गरी सहमति भएको   छ । समिति सचिव सञ्जय दाहालका अनुसार अवकाशको उमेर हद, निवृत्तिभरण लगायतका व्यवस्थामा समितिले सहमति गरेको   छ ।

समितिले पारित गरेको प्रतिवेदन नै सदनबाट पारित भएमा नयाँ नियुक्त हुने कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष र हालका कर्मचारीको हकमा जन्ममितिका आधारमा छ/छ महिना कार्यकाल लम्बिने छ ।

सहमति अनुसार २०१८ साल जन्ममिति भई सेवामा रहेका कर्मचारीको सेवा अवधि ५८ वर्ष ६ महिना हुनेछ । यस्तै २०१९ साल जन्ममिति भएका कर्मचारीको हकमा ५९ वर्ष कायम हुने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*