तरकारीको मूल्य तीन गुणा बढ्यो, सर्वसाधारण उपभोक्ता मर्कामा

तामसालिङ खबर
२९ कार्तिक २०७६, शुक्रबार ०८:५८

कार्तिक २९, हेटौडा – पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्य अनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ ।

तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउन समेत हम्मे हम्मे परेको छ ।

कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रुपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रतिकिलो सय रुपैयाँ भन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ । समाचार आजको राजधानी दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*