पुर्वी चितवनबाट पेस्तोल सहित दुई जना पक्राउ
कार्तिक २८, भण्डारा – पुर्वी चितवनबाट पेस्तोल सहित २ जना पक्राउ भएको छ ।
राप्ती नगरपालिका ६ हर्दी चोकबाट गए राति दुई बजे एक थान पेस्तोल, एकथान मेगजिन र पाँच राउन्ड गोली सहित पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का ३७ बर्षीय मधुकर केसी र सल्यानका ३३ बर्षीय नारायण बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।
प्रहरी हवल्दार नवलकिश्वर दासको कमाण्डमा गएको टोलीले परालको टावा मुनि लुकेर बसेको अवस्थामा खनतलासी लिने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।