सांसद बानियाँद्वारा मकवानपुर क्षेत्र न. २ (ख) मा ३ करोडको बजेट बाँडफाँड

तामसालिङ खबर
२६ कार्तिक २०७६, मंगलवार १०:११

कार्तिक २८, हेटौडा – तिन नम्बर प्रदेशको प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत अन्तरगतका योजना बाँडफाँड गरेका छन् ।

बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नंं. २ (ख) मा ३ करोड रुपैँयाको १३ वटा योजनाहरु बाँडफाँड गरेको हो । बैठकले ४ वटा योजना ५०–५० लाख रुपैँयाको र ८ वटा योजना १० लाख र एउटा २० लाख रुपैँयाको रुपैँयाको बाँडफाँड गरेको छ ।

बैठकले कैलाश गाउँपालिका वडा नम्बर २ को बैकुण्ठ–खोलाखर्क–छ्याङ्दुङ सडक स्तरोन्नति, मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको अग्निहोत्रा आश्रम भवन निर्माण, राक्सिरा गाउँपालिका वडा नम्बर ५ को बोटवारी परेवाभिर जोड्ने सडक र मनहरी गाउँपालिका वडा नम्बर ५ को दरदरा बसन्तपुर सडकका लागि ५०–५० लाख रुपैँया बजेट बाँडफाँड गरेको छ । हेटौँडा–१९ को डोदोन छोईलिङ बौद्ध गुम्बा पूर्वाधार निर्माणका लागि २० लाख रुपैंया बाँडफाड भएको छ ।

त्यसैगरी, हेटौँडा–१९ को शेर–शेर डुमारे सडक, हेटौँडा–१९ कै लेवट लेखपाति ज्यामिरे जोड्ने सडक, मनहरी गाउँपालिका वडा नम्बर ७ को पेमा छोईलिङ बौद्ध विहार गुम्बा पूर्वाधार निर्माण, कैलाश गाउँपालिका वडा नम्बर ४ को बेलटार–धुस्राङ–गरखाल मोटरबाटो स्तरउन्नतिका लागि १०–१० लाख बाँडफाँड गरेको छ । योजनाहरु चालु आर्थिक बर्ष २०७६/०७७ मा कार्यान्वयन हुनेछन् ।

बैठकले राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को तर्लिङताल्ती सडक ट्रयाक खोल्ने कार्य, मनहरी गाउँपालिका वडा नम्बर ९ को सुवेदी टोल खानेपानी आयोजना, मनहरी गाउँपालिका वडा नम्बर ५ को वण्डेश्वर महादेव मन्दिर पूर्वाधार निर्माण र हेटौँडा–३ को फडिङचोक सिंचाई आयोजनाका लागि १०–१० लाख रुपैँया बाँडफाँड गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*