जीवन बीमा गर्नेको बोनस बढ्ने
कार्तिक २८, काठमाडौं । बीमा समितिले जीवन बीमा गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धि नयाँ निर्देशिका जारी गरेको छ । निर्देशिकामा भएको व्यवस्था अनुसार अब जीवन बीमा गर्ने बीमितहरुको बोनस बढने भएको छ ।
बिमाङ्कीको मूल्याङ्कन प्रतिवेदन बमोजिम जीवन बीमा व्यवसायमा भएको बचत (कर्मचारीलाई बोनस छुट्टयाउनु अगाडि) को घटिमा ९० प्रतिशत बीमा लेख कोषमा सार्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सँगै बीमितले पाउने बोनस बढने भएको हो ।
समितिमा पेश हुन आएको बीमाङ्कीको प्रतिवेदनको आधारमा आवश्यक परेमा समितिले सेयरधनी कोषबाट बीमा लेख लिनेको कोषमा रकम सार्न तथा अन्य आवश्यक निर्देशन दिन सक्ने जनाएको पनि व्यवस्था गरेको छ ।
यस्तै निर्देशिकमा भएको व्यवस्था अनुसार बीमा कोषमा सारिएको रकम सेयरधनी कोषमा फिर्ता ल्याउन नपाइने व्यवस्था गरेको छ ।
बीमा समितिबाट अर्को मुनाफादर स्वीकृत नभएसम्म उपदफा १ बमोजिम बीमकले बीमालेख लिनेलाई प्रदान गर्ने मुनाफा दरलाई नै अन्तरिम मुनाफा दर कायम गर्नुपर्ने जनाएको छ ।