रातभर मन्त्रीसँगै काममा खटेका मजदूरको निधन

तामसालिङ खबर
२५ कार्तिक २०७६, सोमबार ०८:०५

कार्तिक २५, काठमाडौं – दशरथ रंगशालाको निर्माणमा कार्यरत एक मजदुरको ज्यान गएको छ । भिआईपी तर्फको प्यारापिटको छानोमा पोल लगाउने काममा संलग्न ईन्द्रलाल श्रेष्ठको शनिबार ज्यान गएको हो । श्रेष्ठको ह्रदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

शुक्रबार बिहानबाट क्रेन चलाउन सुरु गरेका श्रेष्ठले शनिबार बिहान ११ बजेसम्म काम गरेका थिए । उक्त दिन रातभर पोल लगाउने काम भएको थियो । पोल लगाउन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) पनि रातभर रंगशालामै बसेका (खटेका) थिए ।

पोल गाड्ने काममा ब्यस्त रहेका श्रेष्ठलाई रातभर अनिदो रहेका कारण स्वास्थ्यमा समस्या देखिएको थियो । मंसिर १५ देखि २४ गते सम्म आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दशरथ रंगशालाको निर्माणको कम तिव्र गतिमा भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*