कैलाश ७ र ८ वडा कमिटि नेकपाको सपथ ग्रहण

तामसालिङ खबर
२५ कार्तिक २०७६, सोमबार ०८:००

कार्तिक २५, हेटौडा (कैलाश) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलाश गाउपालिका वडा नम्बर ७ र ८ कमिटीको सयुक्त सपथ ग्रहण भएको छ ।

मकवानपुरको बिकट क्षेत्र कैलाश गाउँपालिकाको भार्तामा आइतबार आयोजित सपथ ग्रहण कार्यक्रममा ७ र ८ नम्बर वडा कमिटिका २९/२९ जना सदस्यहरुले नेकपाको केन्द्रीय सदस्य एवं मकवानपुर सह-ईन्चार्ज कुमारी मुक्तानले सपथ ग्रहण गराउनु भएको छ ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुक्तानले जनताको जनमतलाई कदर गर्दै वडा कमिटीले गाउ टोल स्तरमा पार्टीलाई एक ढिक्का बनाएर जनताको चाहाना अनुसार काम गरि अघि बढ्न आग्रह गर्नु भयो ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिवालय सदस्य बालकुमार मल्ल, जिल्ला सदस्यहरु टंक मोक्तान, बच्चु ढुंगाना, नरेन्द्र रिजाल, नेकपा कैलाश गाउँपालिका अध्यक्ष बुद्धि बहादुर मुक्तान लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*