प्रदेश १ को प्रदेशसभा सदस्यलाई फेसबुक र ट्विटर चलाउन तालिम

तामसालिङ खबर
२४ कार्तिक २०७६, आईतवार २०:३४

कार्तिक २४, विराटनगर – प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यलाई फेसबुक र ट्विटर चलाउन तालिम दिन थालेको छ । १८ जना प्रदेशसभा सदस्यलाई संसद् सहयोग परियोजनाको सहकार्यमा इनोभेटिभ भिजनले आइतबारबाट दुई दिने तालिम सुरु गरेको हो ।

तालिममा संचारको प्रयोग र संचारसँग जोडिएको सामाजिक संजाल प्रयोग गर्दा अपनाउनु पर्ने सजगताबारे सिकाइएको छ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले तालिमको उदघाटन गर्दै संचार र सामाजिक संजाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारी पूर्वक गर्नुपर्ने समय आएकाले यो तालिम प्रभावकारी हुने बताए ।

सामाजिक संजालमा गरिने लाइक, कम्मेन्ट र पोस्टले महत्वपुर्ण अर्थ राख्ने भएकाले सही प्रयोगका लागि सबै सचेत रहनुपर्ने, उहाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*