बरको रुखमा कटेज रेस्टुरेन्ट

तामसालिङ खबर
२४ कार्तिक २०७६, आईतवार ०९:०४

कार्तिक २४, धनकुटा – अझ रुखमा बनेको घरमा रेस्टुरेन्ट सञ्चालन भएको कुरा जोकोहीलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटा छथरजोरपाटी गाउँपालिका ५ चुम्लुङमा बरको रुखमा घर बनाइएको छ । उक्त घरमा रेस्टुरेन्ट सञ्चालनमा छ । अहिले उक्त घर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

चुम्लुङकै स्थानीय यूवाद्वय प्रेम लिम्बू र हेमकुमार लिम्बूको रुखमा कटेज निर्माण गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । करिब ५ लाख रुपैयाँको लागतमा निर्मित उक्त कटेज गत असोज २१ गते देखि सञ्चालनमा आएको सञ्चालक प्रेम लिम्बूले बताए। कटेज हेर्न आउनेको दिनहुँ भीड लाग्ने प्रेमले बताए ।

सामाजिक सञ्जालबाट प्रचार भएपछि आउनेको भीड दिनहुँ बढ्दै भएको अर्का सञ्चालक हेमकुमार लिम्बूले बताए । त्यहाँ दुईवटा ठूला बरको रुख भए पनि अहिले एउटा रुखमा मात्रै तीन वटा कटेज बनाइएको छ। कटेजमा खानपिनका लागि टेबल र कुर्सी राखिएको छ। कटेजभित्र एकै पटक २० जनासम्म मान्छे अट्न सक्ने हेम कुमारले बताए।

स्वास्थ्य प्राविधिक पढेका प्रेम लिम्बूलाई फरक किसिमले व्यवसाय गर्ने सोच थियो। उनले घर मास्तिरको सिमलको बोटमा भ्युटावरसहित होटल सञ्चालन गर्ने सोचमा थिए। तर, भेटका क्रममा हेमकुमार लिम्बूले साझेदारीमा बोटमा कटेज बनाएर व्यवसाय गर्ने प्रस्ताव राखेपछि बरको बोटमा टी हाउस सञ्चालन गर्ने सोच पलाएको बताए ।

कटेज निर्माणमा च्यादर, गाउँघरमै पाइने बाँस र काठको प्रयोग गरिएको छ। कटेज सञ्चालकद्वयले आफै निर्माण गरेका हुन्। अन्नपुर्ण पोस्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*