एनसेलले वाईफाई सेवा सुरु गर्‍याे

तामसालिङ खबर
२४ कार्तिक २०७६, आईतवार ०८:२५

कार्तिक २४, काठमाण्डौ – निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवा बाहेक वाईफाई सेवा पनि सुरु गरेको छ । कम्पनीले ‘रेडियो रिसिभर ट्रान्समिटर’मा आधारित रहेर पहिलोपटक यस्तो सुरु गरेको जनाएको छ ।

जीएसएमका लागि प्राप्त फ्रिक्वेन्सी मार्फत नै उपलब्ध गराइने वाईफाई नेपालको सन्दर्भमा भने पहिलोपटक नै भएको कम्पनीको दाबी छ । एनसेलले हाल १८ सय ब्यान्डमा ११ मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सेवा उपलब्ध गराइरहेको छ ।

कम्पनीका अनुसार तत्कालका लागि यो सेवा कैलालीको टीकापुरमा परीक्षणका रूपमा सञ्चालन गरिएको छ । इन्टरनेट सेवा प्रदायकको खास उपस्थिति नभएका क्षेत्रमा यस्तो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

वायरलेस ब्रोडब्यान्ड इन्टरनेट प्रयोगका लागि राउटरको प्रयोग गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । राउटर कम्पनीले आफै निःशुल्क उपलब्ध गराउने छ।

यद्यपि यो बजारमा उपलब्ध राउटरभन्दा फरक प्रकृतिको हुने कम्पनीले स्पष्ट पारेको छ । यस्तो राउटरले फोरजीका लागि प्रयोग भइरहेको फ्रिक्वेन्सी उपयोग गर्ने क्षमताको हुने कम्पनीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*