निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी बढ्यो

तामसालिङ खबर
२२ कार्तिक २०७६, शुक्रबार ०८:५९

कार्तिक २२, निजगढ – बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल न्यून वातावरणीय क्षतिमा निर्माण गर्ने तयारी अघि बढाइएको छ ।

विमानस्थल निर्माणमा सबैभन्दा पेचिलो र विवादित बनेको रुख कटानको विषयलाई सम्बोधन गर्ने गरी विमानस्थल निर्माण गर्न लागिएको हो ।

अब विमानस्थल निर्माणमा सवा लाख रुख मात्र कटान गरिने भएको छ । विमानस्थलको दुईवटा धावन मार्ग सहित अन्य पूर्वाधार निर्माण गर्दा विभिन्न प्रजातिका १ लाख २९ हजार रुखमात्र कटान हुने आयोजनाले जनाएको छ । समाचार कारोबार दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*