नेपालको बैंक लुट्ने चिनियाँ ह्याकर जेल चलान

तामसालिङ खबर
२२ कार्तिक २०७६, शुक्रबार ०६:२८

कार्तिक २२, काठमाडौं – नेपालका विभिन्न बैंकको एटीएम ह्याक गर्ने चिनियाँ ‘ह्याकर’ लाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलाशले ५ जना चिनियाँ र चिनियाँ मुलका एक फ्रेन्च ह्याकरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

प्रकरणमा संलग्न नेपालीलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले डेस्को मनि एक्स्चेन्जका सञ्चालक देवनाथ लामिछानेसँग ३० लाख रुपैँया, नेपालयका रेवती दुवाडी र रोशन प्रधानसँग जनही २६ लाख रुपैयाँ धरौटी गरेको छ । पुर्पक्षका लागि थुनामा पठाइएकाहरुलाई सुन्धारा कारागार लगिएको छ ।

विदेशी ह्याकरहरुले भदौ १४ गते नेपालका ७ बैंकको एटीएम ह्याक गरी पैसा लुटेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*