बथनाहा-कटहरी रेलमार्गको काम पुनः सुरु

तामसालिङ खबर
२२ कार्तिक २०७६, शुक्रबार ०८:२४

कार्तिक २२,मोरङ – भारतको बथनाहा देखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ ।

विराटनगर–१८, बुधनगरको लावाघाटसम्म आई पुगेपछि सात महिना अगाडिदेखि रोकिएको रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु हुने भएको हो ।

रेलमार्ग विस्तारको दोस्रो खण्ड अन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिए । गोरखापत्र दैनिकमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*