नेपाली भूभाग नमिचेको भारतको दाबी
कार्तिक २२, हेटौडा – भारतीय विदेश मन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन् ।
पत्रकारले भारतले गत शनिवार सार्वजनिक गरेको नयाँ नक्सा र सो सम्बन्धमा उठेका विषय र नेपाल सरकारले आधिकारिक विज्ञप्तिका विषयमा सोधेको प्रश्नको जफामा प्रवक्त रविश कुमारले सो नक्सामा भारतको सार्वभौम भूभाग मात्र समावेश गरिएको स्पष्ट पारे ।
उनले नेपाल भारत सीमा सम्बन्ध काम गर्न एक संयन्त्र रहेको र त्यसले काम गरीरहेको बताए । उनले भारत र नेपालले सीमासम्बन्धी विषयलाई द्वीपक्षीय मैत्रीपूर्ण छलफलबाट हल गरिने स्पष्ट गरे । आजको गोरखापत्र दैनिकमा खवर छ ।