स्वीस सरकारको दुई अर्ब दश करोड अनुदान सहयोग

तामसालिङ खबर
२१ कार्तिक २०७६, बिहीबार ०८:३०

कार्तिक २१, काठमाडाैं – स्वीस सरकारले झोलुंगे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब दश करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोग सम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्यान्डका राजदूत एलिजाबेथ फ पेलर ओस्वाल्ड र अर्थसचिव राजन खनालले बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालका दुर्गम भेगका आठ हजारभन्दा बढी स्थानमा निर्मित झोलुंगे पुलबाट औसतमा दैनिक १४ लाख मानिसको आवागमन सहज भएको छ भने विद्यालयमा उपस्थित हुने बालबालिकाको संख्यामा १६ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी उपचारका लागि स्वास्थ्य केन्द्रमा पुग्नेको संख्या २६ प्रतिशतले बढेको छ । ती पुलका कारण एक करोड ८० लाख सर्वसाधारणलाई सुरक्षित रूपमा नदीनाला वारपार गर्न सजिलो भएको छ ।

आफ्ना नागरिकलाई आधारभूत सेवासम्मको पहुँच सुनिश्चित गर्न नेपाललाई अझै पनि दुई हजार चारसय झोलुंगे पुल आवश्यक पर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*